अमिताभ सिकिस्त बिरामी, आफैले लेखे ‘ठिक हुन्छ भन्ने अवस्था छैन’


पुष १०, मुम्बई । बलिउड अभिनेता अभिताभ बच्चन बिरामी भएकाले केही दिन कुनै पनि कार्यक्रम एवं समारोहमा सहभागी हुन नसक्ने भएका छन् । उनलाई चिकित्सकले घरमा पूर्ण रूपमा आराम गर्न सल्लाह दिएका छन् ।

उनले ट्वीटरमा लेख्दै आफू केही दिनदेखि बिरामीले थला परेको र कहिले ठीक हुन्छ भन्ने अवस्था नरहेको बताएका छन् । चिकित्सका अनुसार उनलाई ज्वरो आएको छ । अभिताभ केही समय यताबाट घाँटी, हेमस्ट्रिंग र ढाड तथा कम्मरको दुखाइबाट पीडित छन् ।

उनलाई घाँटी ढाडको नसाको दुखाइले समस्या दिएको छ । जसका कारण बस्न र हिँड्नसमेत गाह्रो भएको यी अभिनेताको भनाइ छ । केही दिनदेखि लगातार आएको ज्वरोले आफूलाई नछाडेको भनाइ अमिताभको छ । उनको डेंगुलगायत विभिन्न परीक्षण पनि भइरहेको छ ।

भारत सरकारले प्रदान गरेको राष्ट्रिय पुरस्कार समारोहमा आफू ज्वरोकै कारण उपस्थित हुन नसेकेको अमिताभले ट्वीरमा लेखेका छन् ।

१० पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको