भारतीय सवारीसाधनका कारण जाम बढ्यो, आवतजावतमा रोक


पुस १०, काठमाडौं । पोखराको पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ ।

पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दुर्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ ।

भारतीय चालकलाई पोखराका पर्यटकीय स्थलको सडकको अवस्थाबारे पूर्व जानकारी नहुने र स्थानीय व्यवसायमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर भारतीय गाडीलाई रोक लगाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

उनका अनुसार निश्चित ठाउँमा भारतीय गाडी पार्किङ गराउने विषयमा ट्राफिक र यातायात व्यवसायीलाई निर्देशन दिइएको छ । यो समाचार आजको आर्थिक अभियानमा नरहरि पौड्यालले लेखेका छन् ।

१० पुष २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको