विप्लबले ‘महरा प्रकरण’बारे मुख खोले: सम्भोगलाई राजनीतिक मामिला बनाइयो


मङ्सिर १०, काठमान्डौ । पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणबारे नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ले आफ्नो धारणा सार्बजानिक गरेका छन् । आफ्नो नेतृत्व रहेको पार्टीको छैटौ पुनर्गठन दिबशको अबसरमा नेकपाको मुखपत्र रातो खबरलाई अन्तर्वार्ता दिंदै महरा प्रकरणबारे आफ्नो धारणा राखेका हुन् ।

महरा काण्ड अलि फरक र संवेदनशील बिषय भएको विप्लबले बताएका छन् । महरा मामिला केवल नैतिक र महिलाको मामिला मात्र नभएर राजनीतिक इशु बनाइएको ठोकुवा गरेका छन् । उनले भनेका छन् ‘सम्भोगलाई राजनीतिक मामिला बनाएको जस्तो लाग्छ ।’

पुँजीवादी पार्टीहरूभित्र यस्ता सम्बन्ध हुने विप्लबले दाबि गरेका छन् । महरा प्रकरणमा राजनीतिक नेतृत्व केपी ओली र प्रचण्ड दाहालको अभिव्यक्तिले महरामाथि सुनियोजित योजना बनाइएको आशंका उनले ब्यक्त गरेका छन् ।

सभामुख प्रकरणलाई सतहमा ल्याउन यूएन, युरोपियन युनियनलगायतको पनि हातरहेको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति सीको भ्रमणको बेलामा नै यसलाई उठाउनु, वलीले अमेरिकी कार्यक्रम एमसीसी रोक्ने महरा नै हो र गल्ती गरेका छन् भन्नु, प्रचण्डले अदालतमा रहेको मुद्दाबारे महराले नै गल्ती गरेका हुन् भनेर ठोकुवा गर्नु, यूएन, युरोपियन युनियनलगायतले वत्तःव्य दिएर कारबाहीको माग गर्नु यसका दृष्टान्त हुन् ।’

विप्लबले आलम प्रकरण बारे पनि छोटो टिप्पणी दिएका छन् । आलमका विरुद्धको कारबाही एउटा क्रूर घटनामा प्रतिशोधी चाल मिसिएजस्तो जनाउदै, बाँकी बुझ्दै जान सकिने बताएका छन् ।

२०७६ मंसिर १०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको