नवलपरासीमा श्री’मती ह’त्या गरेको आ’रोपमा युवक प’क्राउ


मङ्सिर १०, नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा एक युवकलाई श्री’मती ह’त्याको आरो’पमा प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाटले बुलिडटार गाउँपालिका वडा नं. ४ का तुलाराज गोदामीलाई श्री’मती ह’त्या आ’रोपमा प’क्राउ गरेको हो ।

मृ’तक म’हिला बुलिङटार ४ निवासी १८ वर्षीय गोमती गोदामी मगरका आफन्तले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै गोमतीको ह’त्या भएको दावी गरेका छन् ।

उनीहरुले गोमतीका बुवा गिरनबहादुर जर्गाहामगरले आफ्नो छोरीलाई ह’त्या गरेको भएपनि राजनीतिक आडमा घटना लुकाउन खोजिएको बताए ।

मृतक गोमतीका बुवा गिरनबहादुरले आफ्नी छोरीलाई ज्वाई तुलाराज गोदामी मगरले ह’त्या गरेको दावी गरे । २०७५ साल जेठ २० गते भएको घटनालाई गुपचुप बनाई आ’त्मह’त्याको रुपमा पुष्टि गर्न खोजिएको र पछि आफूहरु उच्च अदालत पोखरा गएर मु’द्दा हालेपछि अदालतको आदेशमा मृ’तकका श्रीमानलाई प’क्राउ गरिएको गिरनबहादुर जर्गाहा मगरले बताए ।

उच्च अदालत पोखराको आदेशमा गोदामीलाई नियन्त्रणमा लिई घटनाको अनु’सन्धान गर्न आदेश जारी भएपछि मात्र प्रहरीले मंसिर ०८ गते नियन्त्रणमा लिएको छ ।

अदालतको आदेशअनुसार मृ’तकका श्री’मानलाइ निय’न्त्रणमा लिई म्याद थप गरी घटनाको अनु’सन्धान भैरहेको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

२०७६ मंसिर १०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको