मंसिर १०, दाङ । दाङमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी २० जना घाईते भएका छन् भने घाइतेमध्य ४ जनाको अवस्था गम्भीर रहेको छ ।
फाइल तस्बिर
मंगलबार घोराहीबाट प्यूठानको ढिकाबाङ जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस बंगलाचुली गाउँपालिका-६ बचेनीमा दुर्घटना हुँदा प्यूठान माण्डवी-२ की १६ वर्षीया नेहा वलीको मृत्यु भएको हो ।
दुर्घटनामा परि वलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् भने १६ जना सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बसका सहचालक बंगलाचुली-६ रुपिनडाँडा निवासी हिक्मत पुन, प्यूठान माण्डवी गाउँपालिका-१ का बस चालक लोकबहादुर बुढा, घोराही-१ का सन्तोष परियार र घोराही-१६ का विमला भट्टराई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
यस्तै बंगलाचुली-४ का गिरा केसी, माण्डवीका समीक्षा शर्मा, युवराज परियार, यज्ञ परियार, घोराही-३ का दिपा केसी, माण्डवीकी बिराश परियार, घोराही-१७ का बिरु घिमिरे, गायत्रा परियार, रक्षा परियार, घोराही-७ का बसन्त केसी, घोराही-१७ का रिखा परियार, रोशनी परियार, बंगलाचुली-६ की गिरा केसी, रोल्पा रुन्टीगडीकी उर्मिला परियार, घोराही-१ का केशव परियार, रोल्पा रुन्टीगडीकी भगवता परियार सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस