प्रतिबन्धित नेकपा उदयपुरले पुराना नेतालाई गर्यो सम्मान


मङ्सिर १०, काठमान्डौ । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपुरले पार्टी पुनर्गठन दिवस मनाएको छ।

सरकारले प्रतिबन्ध लगाएपछी नेकपाले गरेको पहिलो पार्टी पुनर्गठन दिवसलाइ सम्बोधन गर्दै नेकपा उदयपुरका सेक्रेटरी प्रशान्तले १० वर्षे जनयुद्धको एजेन्डालाई पूरा गर्न पार्टी पुनर्गठन गरिएको स्मरण गराउदै साम्यवाद स्थापना नगरुन्जेल सम्म संघर्षको बाटो नछाड्ने संकल्प गरेका थिए।

बिगतको जनयुद्धको नेतृत्वबाटै जनताको मुद्दाहरुमा तत्कालीन राजावादी र संसदवादी दलसग आत्मसमर्पण गरि धोका दिएको आरोप लगाउदै आफुहरुबाट तेस्तो धोका नहुने उनको दावी थियो।

उनले अब देशमा फेरि एकपटक जनयुद्धका सिपाहिहरु घाइते अपांग सहिद परिवार तथा सर्वहारा किसान जनता एकजुट भएर नयाँ एकीकृत जनक्रान्तिको लागि एकढिक्का भएर उभिनु पर्ने आवस्यकता रहेको जनाएका थिए।

नेकपा उदयपुरका सेक्रेटरी प्रशान्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोमनले अध्यक्षता गरेका थिए।

यसक्रममा पार्टीका लागि लामो समय योगदान गरेका पुराना नेताहरु पुर्न बहादुर खत्री उमेश बा जटिल बा कुलबहादुर मगर नरसिंह लगायतलाइ जाडोमा न्यानो कपडा वितरण गर्दै सम्मानित गरिएको थियो।

सम्मान कार्यक्रममा बोल्दै पुराना नेताहरुले आफ्नो विगतको कठिन अनुभव सुनाउदै अबको पुस्ताले तेसको नेतृत्व कुशलता साथ निभाउने बिश्वास व्यक्त गरेका छन्।साथै अबको नेतृत्व बाट धोका नहुने भन्दै सम्मानित पुराना नेताहरुले बिप्लबको नेतृत्वमा सबैले एकीकृत जनक्रान्तिको अभियाममा एकढिक्का भएर लाग्नुपर्ने आवस्यकता औल्याएका थिए।

उनिहरुलाई नेकपा उदयपुरका सेक्रेटरी प्रशान्त तथा कार्यक्रमको अध्यक्षता गरेका गोमन लगायत अन्य अतिथिहरुले सम्मानित गरेका थिए।

२०७६ मंसिर १०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको