मंसिर १०, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा परीक्षाको तयारीका लागि भन्दै कार्यालयमा हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन सबै मन्त्रालय तथा निकायलाई पत्राचारसमेत गरेको छ । यो खबर कान्तिपुर दैनिकमा छ ।
लोकसेवा आयोगले सहसचिव तथा उपसचिवस्तरको खुला र बढुवातर्फको विज्ञापन गरेपछि ठूलो संख्यामा कर्मचारी परीक्षाको तयारीमा व्यस्त छन् ।
कार्यालयमा हाजिरी जनाएर परीक्षा तयारीमा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सबैतिर पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताए । मन्त्रालयले गरेको ‘सर्कुलर’ मा अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस