सन्दीप लामिछानेले साग खेल्न नपाउने, यस्तो छ कारण


मङ्सिर १०, काठमाडौं । आखाको अपरेनसका कारण नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउने भएका छन् ।

सोमबार भएको आँखाको अपरेसनले सन्दीपले घरेलु भूमिको साग खेल्न नपाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए ।

पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । सन्दीपको शल्यक्रिया ठीक हुन २ हप्ता देखि २० दिन लाग्ने नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।

सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।

सन्दीप हालै युएईमा सम्पन्न टी-१० लिग खेलेर फर्किएका थिए ।

२०७६ मंसिर १०,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको