रिहा भए र्‍यापर भिटेन


कात्तिक ९, ललितपुर । चर्चित र्‍यापर भिटेन रिहा भएका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरले भिटेन नामले परिचित समिर घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो ।

शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ ।

हामी यस्तै त हो नि ब्रो…’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई  पक्राउ गरेको थियो ।

पक्राउ परेलगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो ।

उनीविरुद्ध अ,भद्र व्यवहारको मु,द्दा चलाउने प्रहरीको तयारी थियो । तर बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।

९ कार्तिक २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको