सरकारले सेनाका उपरथी शर्माको कार्यावधि थप्यो


असोज ९, काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको कार्यावधि थपेको छ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले शर्माको उपरथीका कार्यकाल झन्डै डेढ वर्ष थपेको हो। स्रोतका अनुसार मन्त्रिपरिषदले शर्माको उपरथीको कार्यकाल एक वर्ष २ महिना १५ दिन थपेको हो।

शर्मा अहिले रहेका उपरथीमध्ये सबैभन्दा वरिष्ठ हुन्। सरकारले कार्यकाल थपेसँगै भावी प्रधानसेनापतिमा उनी बलियो दाबेदार बनेका छन्।

अहिलेका बलाध्यक्ष रथी गौरब तण्डुलले २०७७ वैशाखमा अवकाश पाउनेछन्। अर्का बलाधिकृत रथी शरद गिरीले २०७७ असारम अवकास पाउनेछन्।

२०७७ वैशाखमै शर्मा रथी बने भने उनी प्रधानसेनापति बन्ने पक्काजस्तै छ। २०७८ भदौमा अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश पाउँदैछन्।

९ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको