असोज ९, काठमाडौं । विप्लवले नतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज नवीन विश्वकर्मा ‘हितमान’लाई नख्खु कारागार चलान गरिएको छ ।
बिहीबार अदालतमा भएको बहसपछि हितमानलाई पुर्पक्षकालागि नख्खु कारागार चलान गरिएको हो । सोमबार ललितपुरबाट नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
नेकपाका केन्द्रीय सदस्य तथा लोकप्रिय जनकलाकार माइला लामा र नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पनि नख्खु कारागारमै बन्दी बनाइएका छन् ।
यता मंगलबार नै नेकपाका प्रवक्ता प्रकाण्डले हितमान र बटालालाई तत्काल बिनासर्त स–सम्मान रिहा नगरे शक्तिशाली प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस