असोज ९, काठमाडौँ । बिहीबार साँझ गोरखामा भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का गोरखा लगायत आसपासका जिल्लामा पनि महशुस भएको जनाइएको छ । यो भूकम्प २०७२ सालको गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस