नेकपाले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको छ: प्रचण्ड


साउन १०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारा अघि सारेको स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एशिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’को दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले समाजवाद निर्माणका लागि क्युवाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रशंशा गरे ।

क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिष्टहरुको आर्दश भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिष्ट पार्टीहरुले आफूलाई अघि बढाएको प्रचण्डको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले क्यूवाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाई विश्वभरकै कम्युनिष्टहरुका लागि आर्दश बनिरहने उल्लेख गरे ।

प्रचण्डले आफ्नो पार्टी नेकपाले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अव समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

२०७६ श्रावण १०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको