पढ्नका लागि भन्दै गगन थापा गए अमेरिका


चैत १२, काठमाडौं । काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका गएका छन् ।

फाइल तस्बिर 

अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका उडेका हुन् ।

२ साताका लागि अमेरिका उडेका थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो । तर व्यक्तिगत कारणले अघिल्लो वर्ष जान नपाएको थापाले जानकारी दिएका छन् ।

२ साताको छोटो अवधिमै अध्ययन सकेर नेपाल फर्कने थापाले जनाएका छन् । थापा चैत ३० गते स्वदेश फर्किनेछन् ।

१२ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको