फेसबुकमा स्टाटस सेयर गरेको आरोपमा सात शिक्षक निलम्बित


चैत १२, नयाँदिल्ली । पुववामा घटनालाई लिएर भारत–पाकिस्तानबीचको तनाव अझै कम हुन सकेको छैन ।

दुई देशबीच तनाव कायमै रहेका बेला यो घटनासँग जोडिएका अन्य घटनाहरु पनि सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा पुलुवामा आक्रमणका बारेमा फेसबुकमा लेखिएको स्टाटस सेयर गरेको आरोपमा भारतमा सात शिक्षकलाई निलम्बित गरिएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार पुलवामा आक्रमणसँग सम्बन्धित स्टाटस फेसबुकमा सेयर गरेको आरोपमा उत्तर प्रदेशका सात शिक्षकलाई निलम्बित गरिएको हो ।

पुलवामा आक्रमणका विषयमा प्रश्न उठाउने, पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रसंशा गरेको, सरकारको टिप्पणी गरेको उनीहरुमाथि आरोप लागेको छ ।

१२ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको