पूर्वजर्नेल बस्न्यात भन्छन ‘विप्लवलाई बार्तामा ल्यानुपर्छ, राजाका पालाजस्ता सेना-प्रहरी छैनन्’ (भिडियो)


चैत्र १२, काठमान्डौ ।  नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्न्यातले विप्लवलाई बार्तामा ल्यानुपर्ने धारणा राखेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्व जर्नेल डा. बस्न्यातले यस्तो धारणा राखेका हुन् ।

पूर्व जर्नेल बस्न्यातले अबको लडाइँमा सरकारले हार्ने समेत दावी गरेका छन् । उनले अहिले राजाको पालाजस्तो सेना प्रहरी नभएको बताउदै देशमा लडाइँ भए त्यो लडाइँमा नेपाली सेना र प्रहरीहरुले साथ नदिने उनको भनाई छ ।

सिके राउतजस्तो विखण्डकारीहरुलाई फूलमाला लगाएर गरेको स्वागत राष्टका लागि दुर्भाग्य भएको पूर्व जर्नेल बस्न्यातको भनाई छ । अब देशमा द्धन्द्ध भए, त्यो द्धन्द्धमा नेपाली सेना र प्रहरी लड्ने मुडमा नभएको डा.बस्न्यातको जिकिर छ ।

राष्ट्रघाती सिके राउत संग साँठगांठ गरेको भन्दै पूर्व जर्नेलले गम्भीर असहमति जनाएका छन् । सिकेलाई जेलनेलको नाममा आफैले पालेर राखेको आरोप समेत लगाएका छन् ।

हेर्नुहोस भिडियो:

१२ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको