चैत १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ ।
फाइल तस्बिर
मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै समितिले लापरवाही गर्ने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
गत फागुन २३ गते बिहीबार साँझ झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं अवतरण हुँदा विमान १५ मिनेटजति ‘होल्ड’ भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिले प्रतिवेदन बुझाइसकेको बताए ।
उपाध्यायले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरिएको बबताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस