संखुवासभा जिल्ला को मुडेमा एक दिने निसुल्क प्राथमिक उपचार तालिम भब्यताको साथ सम्पन


संखुवासभा/ फाल्गुन १४, २०७५ । धर्मदेवी नगरपालीका वडा नं ३ मुडे संखुवासभा जिल्ला स्थित सामुदायीक भवनमा सञ्चालीत एकदिने निसुल्क प्राथमीक उपचार तालीममा गुणस्तर इन्जिनियर भुकम्प आपतकालीन सहयता आयोजना (EEAP) बिरेन्द्र लामा को सभादक्क्षमा १ न. प्रदेश सभासद माननीय पदम कुमारी गुरुङ को प्रमुख अतिथित्व को रूपमा उपस्थित भई औपचारीक कार्यक्रमको उदघाटन भएको थियो र विशिष्ट अतिथिमा अधिबक्ता छिरिङ सेर्पा रहेको थियो ।

करिब १ सय भन्दा बडि ले तालिम मा भाग लिएका छन् । डिस्कोवरी रोयल स्पोर्टस प्राली युएईको मुख्य आयोजना, र सहकार्य स्थानीय वासिन्दा गुणस्तर सिभिल ईन्जिनियर बिरेन्द्र लामा,सिक्षिका डोमा सेर्पा , एफ एम बाल कार्यक्रम पस्तुता बल बहादुर प्रोतेल साथै युएईमा रहेका विभिन्न क्रियाशिल सामाजीक संस्थाहरुको सहकार्यमा सञ्चालन गरिएको एकदिने तालीममा जिल्लामा रहेका विभिन्न संघ संस्था,विद्यालय, क्याम्पस, स्थानीय नागरीक, विद्यार्थीहरु, प्रहरी, शसस्त्र प्रहरी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो भनी संखुवासभा जिल्ला प्राथमिक उपचार तालिम सम्योजक डोमा सेर्पा ले जान्कारी दिनु भएको छ ।

एक दिने यो सञ्चालीत तालीममा १ सय भन्दा बडि प्रशिक्ष्यार्थि हरुको प्रत्यक्ष सहभागीता रहेको थियो । तालीममा सर्पको टोकाई, रक्क्तचाप, आगोले पोलेको, विष खाएको, छारे रोग, अंगभंग, करेन्ट लागेको, पानीमा डुबेको लगायत तत्काल कुनै दुर्घटना भएमा कसरी उद्धार गर्ने भन्ने बारेमा जानकारी दिएको प्रशिक्षक ओम उप्रेतीले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम सफल पार्नुमा विभिन्न स्थानीय संघ सस्था हरुमा सामुदायिक सभा हल, साङ छोईलिङ गुम्बा, छिमेकी लघु बित्त, दिप ज्योति महिला सहकारी , श्री सिङ्हे स्वरी माबी मुडे, 9 स्टार क्लब मुडे , साथै बिसेस कार्यक्रम सहयोगी बेक्तित्वहरुमा दिलु जिमि , प्रमिला खडका, मन्जु तामाङ, सुमिता खड्का, अस्मिता लामा,कविता श्रेष्ठ, फडिन्द्र श्रेष्ठ, सुरेन्द्र लामा,र धुर्ब कुमार दाहाल रहेको छन |

कार्यक्रम संचालकमा बल बहदुर पोर्तेल रहेका थिए | उक्त कार्यक्रम मा स्थानीय क्लबका कलाकारहरु दुर्गा श्रेष्ठ,लक्की सेर्पा र रेस्मी श्रेष्ठ द्वरा नृत्य स्वागत गित राखेको थियो |

यो एक दिने निसुल्क प्राथमिक उपचार तालिम प्रयोगात्मक विधिबाट सिकाईएको तालीमले गाउँघरमा हुने सक्ने विभिन्न रोग हरु जस्तै हटाट्क बेहोस हुने, सर्पले टोकेमा, छारे रोग आदि ईत्यादी अकालमा ज्यान जान बाट रोक्न सक्ने दुर्घटना लाई तालिम मा सिकाईएका बिधि प्रयोग गरि न्यूनीकरण गर्न मदत पुग्ने र धेरै लाई सिपमुलक तालीम ज्ञान् प्राप्त भएको कुरा कार्यक्रमका सभाप्रमुख बिरेन्द्र लामा ले कार्यक्रम समापनमा उल्लेख गरेका छन् ।

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको