प्युठान सेवा समाजको आन्तरिक बनभोज तथा भेटघाट सम्पन्न


रेशम रोका/२६ फेब्रुअरी । २२फेब्रुअरी २०१९ का दिन “सम्पुर्ण प्युठानिको एकता स्वास्थ्य समृद्धि अहिलेको आबस्यकता” भन्ने मुल नाराको साथ प्युठान सेवा समाजले आन्तरिक बनभोज भेटघाट तथा मिर्गौला पिडित बसन्त केसि बचाउ अभियानको सुभारम्भ गरेको छ । उक्त कार्यक्रमका संयोजजक तथा संस्थाका प्रथम उपाध्यक्ष चेत मान जैसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अथिति सस्थाका प्रमुख सल्लाहकार कमल आचार्य थिए भने विशेष अथितिमा संस्थाका अध्यक्ष बलदेब राना, रबि किसन अधिकारी, केशर मान केसि, साझा नेटवर्क सम्पादक टेकराज थापा, कलाकार अज्ञात छेत्री, महिला बिभाग सरस्वती कुवर लगायतको उपस्थिती थियो । कार्यक्रमको स्वागत मन्तव्य अमृत सुनारले गरेका थिए भने समुद्र खड्का लगायत कलाकारहरुले बासुरीको मीठो धुनसगै स्वागत गितले सम्पुर्ण उपस्थित महानुभावलाई स्वागत गरेका थिए ।

कार्यक्रमलाई शुभकामना दिदै प्युठान सेवा समाज कतारले स्थापना कालदेखी नै प्युठान बासी लाई पुराउदै आएको सेवा अझै कमि भएको र आगमी दिनहरुमा ति सबै पूरा गर्ने बाचा समेत सस्थाका अध्यक्ष बलदेब रानाले जानकारी गराएका थिए । साथै समाजले प्युठानमा अक्षयकोष स्थपना भएको र त्यहाँवाट अनाथ बालबालिकाहरुलाई पठनपाठनमा सहयोग गरेको पनि जानकारी गराए । उक्त कार्यक्रमलाई सफलताको शुभकामना दिदै प्रमुख अथिती कमल आचार्य आफ्नो मन्तव्य दिए । मन्तब्यको क्रममा मिर्गौला पीडित बसन्ता केसि बचाउ अभियान लाई सार्थक दिन शुरु गरिएको दानपेटीमा ८९४ करि र १४० नेरु दर्शक दिर्घाबाट उठेको र संस्थाले थप अरु रकम जोडि छिट्टै पीडित सामु पुराउने समेत बाचा गरे ।

कार्यक्रमलाई रोचक बनाउन सास्कृतिक संयोजक आर बि रसाइलीले सास्कृतिक जमघटको सन्चालन गरेका थिए भने लोक तथा दोहोरी गायक अज्ञात छेत्री(देब), जिबलाल पन्थि, दिपक सुनारले भरपुर्ण मनोरञ्जन दिए । औपचारिक कार्यक्रम संस्थाका महासचिव धर्मसिह बिकले गरेका थिए ।

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको