ओपोले २ वटा स्मार्टफाेनकाे मूल्य घटायाे


फागुन १४, काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओपोले नेपालमा ए सेभेन र एथ्रीएस को मूल्य घटाएको छ।

प्रयोगकर्ताले ए सिरिजका यी फोन ए सेभेन र एथ्रीएस मन पराएका कारण यी स्मार्टफोन नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

अगस्ट २०१८ मा सार्वजनिक ए ३ दक्षिण एसियाली बजारमा १३.२ एमपी डुअल रियर क्यामेरा, ८ एमपी एआई सक्रिय फ्रन्ट क्यामेरा तथा फुल स्क्रिनसहित सार्वजनिक पहिलो उपकरण हो। थोरै मुल्यमा अत्याधुनिक प्रविधि सहितको स्मार्टफोन चलाउन चाहनेका लागि यो फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

ए सेभेन बिगर ब्याट्री फोनका रुपमा नोभेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो ।चार हजार दुई सय ३० एमएएच क्षमताको ब्याट्री र प्राकृतिक तस्विर खिच्ने चाहना पूरा गर्ने सोचका साथ १६ एमपी फ्रन्ट क्यामेरा (एआई २.० सहित) र १३.२ एमपी डुअल रियर क्यामेरा ओपो ए ७ मा छ।

मूल्य घटायपछि नेपाली बजारमा ३२ हजार ९ सय ९० मा ए ७ र ओपो ए ३ एस (३जीबी) २४ हजार ५ सय ९० तथा एथ्रीएस (२जीबी) १८ हजार ४ सय ९० मा उपलब्ध रहेका छन ।

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको