जनघाती सरकारलाई सडक आन्दोलन मार्फत खारेज गर्छौ: नेता गजुरेल


फागुन १४, धनुषा । देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकार देश र जनताको पक्षमा नभै दलाल, तस्कर, माफीया र अपराधीहरुको पक्षमा रहेको भन्दै त्यस्तो सरकारको नेपालमा काम नभएको तर्क गरेका छन ।

अध्यक्ष गजुरेलले ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा बढि भ्रष्टाचार र सामाजिक अपराधका घटनाहरु भएको र मुलुकको आन्तरिक सुरक्षा नीतिमा हस्तक्षेप बढेको भन्दै त्यस्तो राष्ट्रघाती, जनघाती सरकारलाई सडक आन्दोलन मार्फत खारेज गर्ने बताए ।

गत मंगलबारदेखि देशव्यापी सुरू गरेकाे मेची महाकाली अभियानमाबारे जानकारी दिन आज धनुषाको जनकपुरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता गजुरेलले तत्कालिन माओवादीले जनयुद्ध गर्दा अहिलेको जस्तो लोकतान्त्रीक गणतन्नत्रको माग नगरेको बताए । उनले आफुहरुले संघीय जनगणतन्त्रको मुद्धा निरन्तर उठाउँदै आएको भन्दै क्रान्तिमा धोका दिनेहरुले मुलुकमा गणतन्त्र आएको भन्दै जनतामा भ्रम सिर्जना गरिरहेको बताए ।

नेता गजुरेलले मुलुकमा राष्ट्रियता, जनतन्त्र र जनजजिविकाका समस्याहरु दिन दिनै बढ्दै गएको बताए । उनल शिक्षा, स्वास्थ्य, रोजगार, गास, बाँस र कपास जस्ता मानिसको लागि आधारभूत आवश्यकताको परिपूर्ति राज्यले गर्नुपर्नेमा त्यस्तो नगरिएको उनले बताए ।

नेता गजुरेलले शिक्षा, स्वासथ्य जस्तो आधारमूत नागरिक सेवामा राज्य जिम्मेवादीबाट भागेको आरोप लगाए । राज्यले शिक्षा र स्वास्थ्यका क्षेत्रमा माफीयाकरण बढेको र बढ्दो व्यापारीकरणका कारण नागरिकहरुले सास्ति भोगिरहेको बताए ।

उनले मुलुकको राष्ट्रियतामा पछिल्लो चरणमा गम्भीर खतरा बढेको भन्दै सीमा क्षेत्रका तमाम सस्याहरुमा राज्य मौन बसेकोमा विरोध समेत गरे । उनले ओली सरकारको पालमा सीमा क्षेत्रमा धेरै प्रकारमा समस्याहरु बढेको र त्यसको समाधानको लागि वर्तमान व्यवस्था नै बदल्नुपर्नेमा जोड दिए ।

उनले मुलुकमा सिक्किमीकरणको खतरा बढेको भन्दै चिन्ता जाहेर गरे । उनले सबै समस्या र त्यसको समाधानको लागि सडक आन्दोलन विकल्पको रुपमा रहेको भन्दै सबै जनतालाई संघीय जनगणतनत्रको स्थापनार्थ आन्दोलनका कार्यक्रममा सहभागि हनु आग्रह गरें ।

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको