‘पठाओ’को सेवा रोक्न सर्वाेच्चद्वारा अस्वीकार


फागुन १४, काठमाडौं।  सर्वाेच्च अदालतले प्रविधिको उपयोग गर्दै यातायात क्षेत्रमा मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेका कम्पनी ‘पठाओ ’को सेवा रोक्न अस्वीकार गरेको छ।

गैरकानुनी रुपमा सञ्चालन भएकाले उक्त सेवा रोक्न माग गर्दै दायर भएको एक निवेदनमा सर्वोच्चको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

न्यायाधीशद्धय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासले फैसला हुदाँ कानुन सम्वत भए/नभएका विषयमा निर्णय हुने भन्दै हाललाई अन्तरिम जारी नहुने भनेको हो।

पठाओको सेवा रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले माघ २८ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

उक्त रिटमा पहिलो सुनुवाई गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो। दुवै पक्षको छलफलपछि सर्वोच्चले अन्तिम फैसला हुदाँ निर्णय हुने भन्दै हाललाई रोक्न नपर्ने आदेश गरेको हो।

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायातका लागि प्रयोग गर्न नपाइने दाबी सहित सर्वोच्चमा मुद्दा दायर भएको थियो।

रिट निवेदक श्रेष्ठले एउटा काम गर्न भन्दै स्थापना भएको पठाओ कम्पनीले अर्कै काम गरेकोले त्यसलाई रोक्नुपर्ने जिकिर गरेका थिए। निजी प्रयोजनका लागि प्रयोग हुने मोटरसाइकललाई व्यापारिक फाइदाका लागि प्रयोग गर्न नपाइने पनि रिटमा उल्लेख थियो।

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको