यो सरकार कम्युनिष्ट होइन ‘कमाउनिष्ट’ हो -चिरण पुन


फागुन १४, सल्यान । नेकपाका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले अहिलेको सरकार कम्युनिष्ट नभएर कमाउनिष्ट भएको बताए छन् । २२औ बलिदान दिवसको अवसरमा सल्यानको बागचौरमा बोल्दै नेता पुनले वर्तमान कम्युनिस्ट सरकार कामाउ धन्दामा लागेको भन्दै कम्युनिष्टको संज्ञा दिएका हुन् ।

उनले भने- ‘सर्वहारा व्यक्तिको नाममा राजनिती गरेर, अहिलेका दलाल सरकारका ठेकेदारहरु पुजीवादीमा रमाएका छन् ।’

अहिलेको राज्यव्यवस्थाबाट जनताले कुनै सुखको अनुभुती नपाउने भन्दै उनले त्यसलाई फाल्नुपर्ने बताए । उनले त्यसलाई फाल्न अब एकीकृत जनक्रान्ति हुन बताए ।

उनले पहिलेको जस्तो जनयुद्ध नहुने भन्दै अब गाउँ र सहरमा एकैसाथ बम पट्किने पनि बताए । हिजोका दिनमा भएको १० वर्षे जनयुद्ध सत्तालाई बुझाउनलाई नभएको भन्दै उनले अब त्यसको कार्यभार आफुले पूरा गर्ने बताए ।

१४ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको