राष्ट्रपति भवनमा अनियमित विजुली नजाने


फागुन १४, काठमाडौं । अब राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने भएको छ । नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान गर्न लागेको छ ।

त्यसका लागि प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले बोलपत्र आह्वान गरेको छ । यो सिस्टम जडानपछि राष्ट्रपति कार्यालयमा लाइन नजाने वितरण केन्द्र प्रमुख सशीभुषण शाहले जानकारी दिए । उनका विभिन्न प्राविधिक कारणले अनुसार झ्याप्प -झ्याप्प लाइन जाने समस्याबाट राष्ट्रपनि भवन पनि पीडित भएकाले त्यसलाई हटाउन आधुनिक अनलाइन यूपीएस जोड्न लागिएको बताए ।

यसअघि राष्ट्रपति कार्यालयबाट पनि प्राधिकरणमा पटक-पटक छोटो समय लाइन जाने-आउने समस्याबारे सोधिएको थियो । प्राधिकरणले वितरणलाइन पुरानो भएका कारण यस्तो समस्या आउने गरेको बताउने गरेको छ ।

यसको सुधारका लागि प्राधिकरणले प्रयास पनि गपिररहेको छ । तर, वषर्ायमममा पानी पर्दा र हिँदउको समयमा भने समान्य अवस्थामा पनि लाइन टि्रप हुने समस्या दोहोरिरहेको छ ।

अब राष्ट्रपति कार्यालयले भने यस्तो समस्या भोग्नुपर्ने छैन ।

२०७५ फाल्गुन १४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको