चीन-अमेरिका व्यापार वार्ता सहमति नजिक


फागुन १४, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौताका लागि निकै नजिकमा वार्ता पुगेको बताएका छन्उ । “अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने अपेक्षा मैले गरेको छु, ट्रम्पले भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता फेरि छिट्टै हुने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने सम्भावना बढेको बताए । चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको थियोे ।

‘हामीले सम्झौतामा हस्ताक्षर गर्नेगरी शिखर सम्मेलन गरिने र यो पक्कै अझ राम्रो अवसर हुनेछ । हामी आशावादी छौँ वार्ता छिट्टै सम्पन्न हुनेछ । हामी सहमतिको नजिक पुगेका छौँ ‘, ट्रम्पले भने ।

अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले विश्वका दुई अर्थतन्त्रबीच व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएको बताइएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । यसै आधारमा भएका वार्ता सकारात्मक बनेपछि ट्रम्पद्वारा मार्चमा थप कर वृद्धि गर्नसकिने भनिएको समयलाई थप तीन महिना पछि सारिएको छ ।

सहमति अनुसार आगामी हप्ता अर्थात् मार्च १ मा अमेरिकाले दुई खर्ब मूल्य बराबरको चिनियाँ सामानमा कर वृद्धि गर्ने बताइएको भएपनि राष्ट्रपति ट्रम्पले उक्त निर्णयलाई पछि सार्ने घोषणा गरिसकेका छन् ।

१४ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको