बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना, सशस्त्रका एसपीको घटनास्थलमै मृत्यु


माघ १२, काठमाडौं । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल छन् ।

बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईलाई भने उपचारका लािग हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी छ ।

१२ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको