के हाम्रा शासकहरु भनेका उडुस, उपिंया र लामखुट्टे हुन ?


जनक मान डङ्गोल । दुई हजार छत्तिस सालमा औधोगिक नगरी हेटौडाको भुटन देबी ब्यबसायिक माध्यामिक बिधालयमा बद्रि प्रसाद खतिवडा नामको हेड मास्टर हुनुहुन्थ्यो । पंक्तिकार पनि सोहि मा.बि को आठ क्लासको बिधार्थी थियो ।

पन्चेती शासनकाल । त्यो समयमा प्राय धेरैले हेटौडामा कम्युनिस्ट भनेको के हो भनेर थाहा पाएका थिएनन । कांग्रेस प्रतिबन्धित अबस्थामा थियो । खुलेर राजनीति कसैले पनि गर्न सकेका थिएनन । देसभर आन्दोलन चम्कियो । त्यो समयमा हेटौडामा जत्तिको कडा आन्दोलन अन्त  कहिँ कतै भएको थिएन ।

हेटौडाको छत्तिस सालको आन्दोलनको कुरा गर्दा त्यो समयमा बिरोध खतिवडाको नाम अग्रपंक्तिमा आउछ । स्कुले भुराभुरी उचालेर आन्दोलान गर्न सिकाएका तिनैले हुन । तिनैको लहलहैमा लागेर पंक्तिकारले पनि फरेस्ट्री क्याम्पसको गमला सहिद बनाउने देखि क्याम्पसको झ्यालको सिसालाई शानदार संग लौरोले हिर्काएर घाइते बनाएकै हो । कुखुरे बैंसमा बुद्धि हुन्न रे । पछी बुद्धि पलायेसी ओहो त्यो समयमा नच्चाहिने काम गरिएछ भनेर सोचियो । हगी सकेसी दैलो देखेर के फाईदा ।

नाता र सम्बन्धकै कुरा गर्ने हो भने बिरोध खतिवडा हाम्रै हेडसरको सुपुत्र । भर्खरै मिसवर्ल्डमा भाग लिएर फर्केकी शृंखला बिरोध खतिवडाकि छोरी हेडसरको नातिनी भनेर केलाई चिनाम्नु पर्यो । आ-आफ्नो खुबी र परिचयले देस देखि बिदेस चिनाई सकेका छन ।

त्यो समयमा स्कुल पढ्न छाडेर भुराभुरीहरु किन आन्दोलन गर्न गए भनेर न त हेड सरले भन्नु भो नत भुराभुरीलाई उचालेर किन आन्दोलन गराईस भनेर छोरोको कान निमोठे । सानो गल्ति गर्दा पनि कान निमोठ्ने बद्रि सरले आफ्नो छोराको कान निमोठेर १/२ झापड बजाई दिएको भए फरेस्ट्री कलेजको गमला सहिद हुनु पर्दैन थियो न त् झ्यालको सिसाहरु घाईते हुनु पर्थ्यो ।

पन्चेती शासन निरंकुस हो भनेर आन्दोलन देखि बिद्रोह गरे, गराईए । छत्तिस सालको बहुदल कि निर्दल भनेर जनमत संग्रह माग्दा देसले बहुदल हैन निर्दल नै ठिक भन्दा पनि दस बर्ष पनि टिक्न नदिएर छयालीस सालमा पंचायतलाई खेदने काम भयो तर देस र जनताले के पायो ?

आज ३९ बर्ष पछी एम्नेस्टीको कार्यक्रममा बद्रि सर संग भेटने अबसर प्राप्त भयो । सरलाई एम्नेस्टीले सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम राखेको रैछ । आज चार बीसको उमेर हुँदा पनि हेडसरमा उही छत्तिस साले जोस तथा जाँगर देख्न पाउँदा अच्चमित भईयो ।

पुरस्कार ग्रहण पश्चात मंब्य ब्यक्त गर्ने सिलसिलामा हेडसरले नेपालको शासन र सत्तालाई तिन भागमा विभाजन गरेर उदाहरण दिनु भयो । राणा शाहीको सरकार ‘उडुस’ हो जसले नबोली नबोलिकन जनताको रगत चुस्ने गरेको थियो । पन्चेको शासन भनेको ‘उपियाँ’ हो । नबोल्ने तर उफ्री उफ्रिकन जनताको रगत चुस्ने गर्थ्यो । अहिलेको शासन ब्यबस्था भनेको ‘लामखुट्टे’ हो । गीत गाई गाई जनताको रगत चुस्ने काम गर्दैछ ।

संगैको छिमेकी भारत तथा चिन आज विकासले फड्को मारेर काहाँ बाट कता पुगिसक्यो । हाम्रोहरु एकले आर्कोलाई लडाउने र आफु र आफ्ना आसेपासे मात्र मोटाउने गरेर बसेका छन । अहिलेको बहुमतको सरकारको मुखिया आसालाग्दा देखिए । यिनको एक बर्षे कार्यकाल देख्दा आस गर्ने ठाउँ देखिन । यस्तै भयो भने जनताले थान्को लगाउला त्यसैले बेलैमा सच्चिएको राम्रो भनेर मन्तब्य ब्यक्त गर्ने क्रममा सरकारलाई चेतावनी दिन हेडसर पछी पर्नु भएन ।

 

पंक्तिकार हेड सरको बिधार्थी । पंक्तिकार जस्तै हज्जारौ हज्जार हेड सरले दीक्षित गरेको बिधार्थीहरु छन । आज ति सबैले हेड सरको महान तर सारगर्भित भनाई र चेतावनी सुन्न पाएनन । हेड सरले पोख्नु भएको बिचारलाई हैन भनेर भन्ने आँट पंक्तिकारमा छैन,

तर,

उडुसको रुप धारण गरेको राणाको सरकार, उपियाँको औतारमा जन्मेको पन्चको सरकार देखि वाक्क र दिक्क भएर हेडसर स्वयमले क्रान्तिको बिगुल फुक्नु भएको हैन ? त्यहि क्रान्तिको चटकले छतीस बाट छयालीस हुँदै चौसट्ठी काटेर आजको दिन सम्म आई पुग्दा हेडसरले मन पराउनु भएको पार्टीहरु कसरि ‘लामखुट्टे’ रुप धारण गर्न पुग्यो ? त्यसरी धारण गर्दा सर देखि उहाँकै सुपुत्रले नाम (बिरोध) अनुसारको काम अर्थात ईन्कलाबको नारा किन लगाईएन ?

गुरु देखि गुरु आमाहरुले समयमै नेपालको शासक देखि नेताहरु चिन्देको भए यो समयमा आएर हाम्रो बिलौना गर्नु पर्दैन थियो  । गुरु जस्तै खाँटी क्रान्तिकारी बनेर गुरु मार्ग पछ्याउन नसकेता पनि पंक्तिकारले आजको मिति देखि बाँसको हेलिकोप्टरको सयर नगरुन्जेल सम्म देसको माटो सुहाउँदो पंचायती शासन पद्धति नै ठिक भनेर भन्न छाडेको छैन । हेडसरले न्वारानेको ‘उपियाँ’ हरु भनेका कांग्रेस छाडेर महाराजको जय भन्दै पन्च बनेका हुन र तिनै पछी खाँटी प्रजातन्त्रबादी देखि गणतन्त्रबादी सम्म बनेका छन त्यसैले हेडसर ……

जस्तो सासु त्यस्तै बुहारी
जस्तो आमा त्यस्तै छोरी
जस्तो बाउ त्यस्तै छोरा
जस्तो गुरु त्यस्तै भुरा
बन्नु पर्छ र ?

यदि म पनि हेडसरहरु जस्तै गरि क्रान्तिकारी बनेको भए यस्तो लेख पोस्टिने हिम्मत कसरि आउथ्यो ।

प्रकाशित मिति: २०७५ माघ १२ गते सनिवार !

जनक मान डङ्गोलको आफनै ब्लगबाट

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको