नेकपाको संगठन सुद्धृढीकरण अभियान कालिकोटबाट दैलेख प्रवेश गर्यो


साधना शाही/माघ १२, कालिकोट । नेत्रबिक्रम चन्द बिप्लव नतृत्वको नेपाल कम्युनिष्ट पाटीद्धारा संचालित संगठन सुद्धृढीकरण तथा बिस्तार अभियान कार्यक्रम कालिकोट हुँदै दैलेख प्रबेश गरेको छ ।

सोही अभियान अन्तर्गत दैलेखमा जनसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । एरीया इन्चार्ज सुनिल बिकको अध्यक्षतामा अभियान टोलका कमाण्डर तथा ब्युरो सदस्य आर्जन उप्रेतिको प्रमुख अतिथ्यतामा र कालिकोट जिल्ला सेक्रेटरी मनिलाल एैडि रणदीप, एरीया न ६ का इन्चार्ज रमेश बिक मुग्राहा गाउँ कमिटी इन्चार्ज प्रेम धिताल लगाएतका अतिथीहरुको उपस्थीतिमा जनसभा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त जनसभा कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान केपी सरकार काण्डै काण्डले भरीएकाले जनताको अपेक्षा पुरा नगर्ने र पुजिपती दलहरुको सेवा गर्ने दलाल सरकार भएकाले जनताले बैकल्पिक शक्ती रोज्नुपर्ने समय आएको बताएका छन ।

दैलेख नौलाबनको आयोजनामा भएको कार्यक्रममा सयौ नेकपाका कार्यकर्ताको सहभागीता रहेको त्यहाँबाट प्रेम धितालले जानकारी दिएका छन् ।

१२ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको