पार्टीलाई समर्थन गर्नेहरु झोले हुन् त ?


सन्तोष अर्याल । पार्टीको समर्थन गर्ने सबैलाई झोले र हनुमान देख्ने प्रवृति आफैमा गलत हो । पार्टी भनेको एक संस्था हो, जहाँ जो कोही पनि जोडिन सक्छन् । सामाजिक परिवर्तनका लागि राजनीति र राजीनितिक कर्ता अनिवार्य आबस्यकता छ । देश परिवर्तनको बास्तबिक अभिभारा राजनीतिबाटै हुन्छ ।

केहि राजनीतिक गर्नेहरु राजनीति बिगारेको सत्य हो तर सबैले होइन । ‘एक हातका सबै औला बरावर हुदैन’, ‘एक आमाले जन्माएका सबै छोराछोरी समान क्षमता र गुणका हुदैन्न’ भने अलग भु–भाग, अलग संस्कृति, अलग पहिचान र अलग सम्प्रदायबाट प्रतिनिधित्व गर्ने ति सबै कसरी समान हुन सक्छन् ?

बरु राजनीतिमा देखिएको बिकृतिलाइ सफाई गर्नै पर्छ तर पन्छिएर सुख पनि छैन । किन कि समाज फेर्न सक्छ त केवल राजनीतिले मात्र, यसको बिकल्प अरु छैन, यो युवाहरुको दायित्व पनि हो ।

नेताकै भरमा घरको चुलो जलेको र नेतालाई केहि भन्दा कुनै राजनैतिक नियुक्ती, पद , पेशा आदि गुम्ने खतरा भएका र आँखामा पट्टी बाँधेर गान्धारीले जस्तै सुनेको कुरामा मात्र पछि लाग्ने र चोकका २–४ चिया पसलमा भएका देश, विदेश र राजनितीका कुरा सुनेर त्यसैको भरमा आफ्नो मत राख्ने चिया राजनिती गर्नेहरु, सत्य तथ्य के हो भन्ने नबुझ्ने कार्यकर्ता बाहेक, जो पढेर, बुझेर अलग पार्टी, विचारलाई पनि सम्मान गर्ने जो व्यक्ति हुन्छ यस्ता पार्टीका कार्यकर्ताहरुलाई पनि झोले र हनुमान देख्नु सरासर गलत हुन जान्छ ।

आफ्नो नेताको …..लाई पनि हरिद्धार देख्ने, आखा भएर पनि अन्धा र शारिरिक रुपले ठिक भएपनि बौद्धिक रुपले कुरुप भएका झुण्डहरु झोले हुन सक्छन् तर गलतलाई गलत र सहिलाई सहि भन्ने कार्यकर्ता पनि छन्, जसलाई पनि हनुमान देख्ने चिया राजनैतिक बिश्लेषकहरुलाई आफु कुन स्तरमा छु भनि हेर्न आवस्यक छ ।

भित्र–भित्र पार्टी र विभिन्न संस्थाको रकममा चलेर स्वतन्त्र वौद्धिक व्यक्तित्व देखिने र विकासको गतिबिधीलाई प्रत्यक्ष असर पारि आफु भन्दा जान्ने कोहि छैन भनि आफैले आफैलाई वरिष्ठको पदवी दिई स्वतन्त्र नागरिकको संज्ञादिई कसैको लागि प्रयोग हुने एक स्तरको व्यक्तिहरुको पनि कमी छैन यहाँ ।

स्वतन्त्र भनेको के हो ? कसलाई भन्ने स्वतन्त्र ? अनि कसलाई भन्ने झोले ? अनि हनुमान ? एकाथरीको समर्थन गरिरहदा हनुमान वा झोले भईरहने हो भने त्यो हनुमान वा झोलेलाई विरोध गर्दा जसको समर्थन गरिन्छ त्यसको पक्षबाट बोल्दा त्यो पनि झोले वा हनुमान भएन र ? फेरि उज्यालोमा झोले वा हनुमान भनेर समाजका सोझा नागरिकका अगाडि मजाक उठाउने र रातीराती त्यही झोले र हुनमानबाट फलानोलाई यति भनिदिनु प¥यो तिनीहरुलाइ त्यती भनिदिनु प¥यो भनि सिफारीसका फोन गर्ने समाजका वौद्धिक पनि यहा छन् ।

नेकपाको हनुमान वा झोले भन्नेहरु कतै कांग्रेसका वा अन्य दलका झोले वा हनुमान र कांग्रेसका हुनुमान र झोले भन्नेहरु यस्तै भएको हनुमान वा झोले त हैन ? मुल्याकन गर्ने समाज होला नी ?

राम्रोलाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्न सकौ । जनता महान हुन र जनता जनार्दन हुन । चुनाव अघि सम्म नेताको घरमा गई नमस्कार गर्ने नेता चुनाव पछि जनताको नमस्कार फिर्ता गर्दैनन भने त्यस्तो नेतालाइ बहिस्कार गर्न सकौ ।

समाजमा एक जनाले भोली देश हाक्ने होनाहार नेता बन्नसक्ने क्षमता भएको मान्छेलाई पनि झोले वा हनुमानको पदावी थपाइरहेका छन्, के आज राजनैतिक पृष्ठभुमी नभएको मान्छे भोली नेतृत्वको तहमा आउन सक्छ ? त्यसैले को झोले हो, को हनुमान हो र को सहि नेतृत्व गर्न सक्ने मान्छे हो चिन्न सिकौ ।

लेखकका आफ्नै निजी विचार

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको