बिप्लवका नेता पूर्ण तामांग प्रहरीद्वारा पक्राउ, नेकपाको भर्तसना (बिज्ञप्ति)


माघ १२, उदयपुर  नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जिल्ला सदस्य पूर्ण तामांगलै प्रहरीले गिरफ्तार गरेको छ । उनि अभियान पर्चा सहित माघ ११ गते गिरफ्तार परेका छन् ।

संगठन सुद्रिढिकरण तथा विस्तार अभियान २ को शान्तिपूर्ण कार्यक्रम गर्दै हिडिरहेको बेला बेलका नगरपालिका ३ बाट अभियान पर्चा सहित गिरफ्तार भएको नेकपाले जनाएको छ ।

शान्तिपूर्ण कार्यक्रमबाट बिनाकारण गैर न्यायिक गिरफ्तार गरेको भन्दै नेकपा उदयपुरले घोर भर्त्सना गरेको छ । जिल्ला सेक्रेटरी प्रशान्तद्वारा एक बिज्ञप्ति जारिगरि बिनाशर्त तुरुन्त रिहाइ गर्न जोडदार माग गरेको छ । आफ्नो नेता तामाङ्गलाइ रिहाइ नगरे कठोर संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ ।

हेर्नुहोस बिज्ञप्ति:

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको