दीप श्रेष्ठको स्वरमा ‘बरु दुःख देउ’ सार्वजनिक (भिडियो)


माघ १२, काठमाडौँ । गायक दीप श्रेष्ठको आवाजमा सजिएको बरु दुःख देउ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

दीपको एकल स्वर रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । सुखदुःख र मिलन विछोडको भावलाई कलात्मक रुपमा प्रस्तुत गरिएको गीतमा सुवासचन्द्र ढुंगेलको शब्द तथा अविदको संगीत रहेको छ ।

जीवनका विभिन्न कालखण्डमा आइपर्ने समस्यालाई प्रस्तुत गरिएको गीतको भिडियोमा काजिश श्रेष्ठ र रुपा कडेँलको अभिनय रहेको छ ।

काजिश श्रेष्ठकै निदृेशनमा बनेको भिडियोमा अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन रहेको छ ।

१२ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको