कृष्ण वलीलाई कतारमा कार्यरत नेपालीहरुले गरे सहयोग


माघ १२, काठमाडौं । करेन्ट लागेर आफ्नो दुई हात र एक खुट्टा गुमाएका कृष्ण ओलीलाई कतारमा काम गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा गएको टोलीले ओली बसेकै घरमा पुगेर संकलित रकम हस्तान्तरण गरेकाे हाे ।
कतारमा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले मदन पौडेलकाे संयाेजनमा एक लाख ४६ हजार एक सय ६० रुपैयाँ सहयोग पठाएका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा नेविसंघ केन्द्रिय सदस्य शुसील भट्ट, तरुण दलका नेता भागवत रेग्मी, विद्यार्थी नेता निरन्जन थापा, केन्द्रीय सदस्य उमेश थापा मगर, सुवास घिमिरे, विद्यार्थी नेताहरु पवन थापा, सन्तोष गुरुङ, महेश पौडेल, सुशान्त आचार्य, सौरभ घिमिरे, सुबोध ओली, सुदिप अधिकारी, लगायतका नेताहरु समेत सहभागी थिए ।

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको