आयोजक यूएई एसियन कपको सेमिफाइनलमा


माघ १२, काठमाडौँ । साविक विजेता अष्ट्रेलियालाई १–० गोलले हराउँदै आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा घरेलु टोली यूएईले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्ध दोस्रो हाफमा गोल गरेको थियो । यूएईलाई सेमिफाइनलमा पुर्याउन अलि अहमेद मब्खाउटले ६८ औं मिनेटमा निर्णायक गोल गरे ।

अष्ट्रेलियाले राम्रो खेले पनि गोल फर्काउन सकेन । यूएई सेमिफाइनलमा प्रवेश गरेसँगै एसियन कपको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा यूएइ र कतार तथा इरान र जापानबीच प्रतिस्पर्धा हुनेछ ।

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको