प्रधानमन्त्री ओली स्वदेश फर्कँदै


माघ १२, काठमाडाै‌ । विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान स्वदेश फर्किंदैछन्।

मञ्चको ४९ औँ बैठकमा सहभागी भई प्रधानमन्त्री ओली नेतृत्वको टोली बिहान साढे १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

स्वीट्जरल्याण्डको डाभोसमा आयोजित मञ्चको बैठकमा ओलीले ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा मन्तव्य व्यक्त गरेका थिए।

त्यसक्रममा ओलीले नेपालको वर्तमान राजनीतिक अबस्था र वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए।

विश्व आर्थिक मञ्च संसारका धनी देश मिलेर बनेको संगठन हो। नेपालले पहिलोपटक मञ्चमा सहभागिता जनाएको हो।

१२ माघ २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको