७० औँ गणतन्त्र दिवस मनाउँदै भारत


माघ १२, काठमाडौँ । भारतमा आज (शनिबार) ७० औँ गणतन्त्र दिवस मनाइँदैछ ।

संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ। हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ।

सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । वृटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा यो दिवस मनाउने गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छन् । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।

सन्देशमा दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको