रोल्पामा हिमपात (फोटो फिचर)


माघ १२, रोल्पा । दुई दिनसम्म लगातार पानी परेपछि रोल्पाका अधिकंश भेगमा हिमपात भएको छ । हिमपातको कारण स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ ।

हिमपात र वर्षातका कारण चिसो बढेको छ । तर, किसानहरु भने खुशी भएका छन् । हिमपात र वर्षातले खेती राम्रो हुने भन्दै उनीहरु खुशी भएका हुन् ।

हिमपात भएपछी स्याउ उत्पादन बढ्ने भएकाले स्याउ उत्पादन हुने क्षेत्र पश्चिम रोल्पाको गंगादेव गाउँपालिका अन्तर्गत पर्ने बडाढुंगा, मनिमारे, मंग्रा, नाउली, जलेखर्कका किसान झनै उत्साहित भएका छन ।

२०७५ माघ १२,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको