पुस ९, काठमाडौं । चर्चित आधुनिक गायक राम कृष्ण ढकाल र निलम शाहको डिभोर्स भएको छ । उनीहरुले बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद गरेका हुन् ।
ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको छ। जिल्ला अदालत काठमाडौंले सम्बन्ध बिच्छेदको पुष्टि गरेको छ ।
उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा /सुविधा नलिने भएकी छिन्।
रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो।
गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन्। छोरीको लालन/पालनमा भने उनीहरूको बराबरी हक लाग्ने अदालतको आदेश छ।
मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थालाई टेकेर दुवैको सहमतिमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।
प्रतिक्रिया दिनुहोस