फुटबलसहित चार खेलको टिकट मूल्य तय, कुन खेलको कति ?


मङ्सिर ९, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य तय गरेको छ ।

राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो । सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।

यस्तै, भलिबल र बास्केटबलको टिकट मूल्य ५ सय राखिएको छ । क्रिकेटको टिकट मूल्य २ सय देखि ५ सयसम्म पर्ने राखेपले जनाएको छ। क्रिकेटको समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मुल्य रहने राखेप सदस्यसचिव रमेशकुमार सिलवालले जनाए ।

९ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको