मङ्सिर ०९, काठमान्डौ । समाजसेवी ईशा गुरुङले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो चरित्र हत्या गरेको आरोपमा एक फेसबुक कर्तालाई बिधुतिय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत साइबर क्राइम मुद्दा दर्ता गराएकि छिन ।
युकेमा बस्दै आएकी गुरुङले टेकु प्रहरी महाशाखामा उजुरी पेश गरेकी छन् । उनले नेपालमा रहेका कानुनी सल्लाहकार, पत्रकार तथा समाजसेबी र प्रसासनिक निकायका व्यक्तिहरुको सहयोगमा मुद्दा दर्ता गराएकी हुन् ।
‘डा. अनुपम मंगोल’ नाम गरेको फेसबुक आइडीबाट पटक पटक आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको र म्यासेज बक्समा समेत अनाबस्यक टचर दिएको भन्दै टेकु प्रहरी समक्ष उजुरी दर्ता गराकी छन् । सामाजिक संजालको दुरुपयोगगरि बिनाकारण आफ्नो चरित्र हत्या गर्नेलाई पहिचान गरि कानुन अनुसार कडा कारबाही गर्न उनले माग गरेकी छन् ।
नेपालमा दुख पाएकाहरुलाई सामाजिक संजाल फेसबुक मार्फत सामाजिक सेवा गर्ने प्रयास गर्दा आफ्नो अभियानलाई प्रभावित पार्दै आफ्नो चरित्र हत्या गरेको इशा गुरुङले आरोप लगाएकी छिन ।
समाजसेवी ईशा गुरुङ युकेमा रहेर नेपालका दुखि गरिव तथा आपत-बिपतमा परेकाहरुलाई निरन्तर सेवा गर्दै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस