देशभर मौसम बदली, तीनदिन हिमपातको सम्भावना


मंसिर ९, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो पनि देशका मध्य र पूर्वी क्षेत्रमा सामान्य तथा पश्चिमी भूभागमा मौसम आंशिक बदली रहनेछ । साथै पूर्वी तथा मध्य हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यस्तै राति पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्यसम्म र बाँकी भूभागमा आंशिक बदली रहनेछ। साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर ९ गते (सोमबार)

दिउँसो: देशका मध्य र पूर्वि भु-भागमा सामान्य बदली रही पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंसिक बदली रहनेछ। हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

मंसिर १० गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

राती: देशको पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहन्छ।

९ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको