मङ्सिर ९, पोखरा । पोखरा महानगरपालिका वार्ड न ३३ का वडा अध्यक्षको घर सोमबार बिहानै ब’म वि’स्फोट भएको छ।
सबेरै बिहान २ बजेर ४५ मिनेटमा वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको पोखरा महानगरपालिका-१७ बिरौटास्थित घरमा ब’म वि’स्फोट भएको हो ।
ब’म विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
अज्ञात समुहले ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा वि’स्फोट गराएको हो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस