प्रधानमन्‍त्री ओलीको चौथो पटक डायलासिस


मङि्सर ०८, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको हो ।

अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई चिकित्सकले निरन्तरता दिएका छन् । प्रधानमन्त्रीको शरीरबाट हानिकारक तत्व फाल्नका लागि मिर्गौलाको कार्यक्षमता चुस्त राख्नका लागि दीर्घकालीन रूपमा समस्या समाधानका गर्न प्रत्यारोपण नै उपयुक्त भएको निष्कर्ष उपचारमा संलग्न चिकित्सकले निकालेका छन् । यसका लागि स्वदेशी र विदेशी चिकित्सकसँगको परामर्श जारी राखिएको चिकित्सकले बताएका छन् ।

अहिले प्रधानमन्त्री ओलीलाई असहज महसुस भए मात्र डायलाइसिस गरिँदै आएको छ । मिर्गौला पूर्णरूपमा फेल भएपछि सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको मिर्गौलाले काम गरिरहे पनि सुधारोन्मुख अवस्थाबारे सूक्ष्म ढंगले निगरानी भइरहेको चिकित्सकले बताएका छन् ।

नियमित डायलासिसलाई निरन्तरता दिने कि मिर्गौला प्रत्यारोपण गर्नेमा चिकित्सक परामर्शमै केन्द्रित छन् । प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो । मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस गरिन्छ ।

कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो । दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ । गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस गरिएको थियो

मिर्गौलाको कार्यक्षमतामा सुधार देखिएपछि सचिवालय र मन्त्रिपरिषद्का काम कारबाही एवं बैठकमा उनी सक्रिय छन् । २५ दिनको अवधिमा चौथो पटक डायलासिस गरिएको छ । ०६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो । प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो ।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनि निकटकाले बताउछन ।

९ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको