असोज ८, काठमाडौं । त्रिभुवन विमानस्थलनजिकैको शम्भु मार्गबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको टोलीले पेस्तोल र सोको ६ राउन्ड गोलीसहित बुधबार बिहान पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीका प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेको प्रहरीले जनाएको छ।
होटल एभरेस्ट इनमा बसेका उनीहरूलाई प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको थियो। उनीहरूलाई गौशाला बृत्तमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस