तीनकुनेमा टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, २ गम्भीर


भदौ ८, काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ।

आइतबार साँझ एक टिपरले तिनओटा मोटरसाईकलाई ठक्कर दिएको र एक जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले जानकारी दिए । उनका अनुसार एक टिपरले ३ ओटा मोटरसाईकलाई ठक्कर दिएको हो।

ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य २ जना गम्भीर घाइते छन्। मृतकको सनाखत हुन सकेको छैन ।

ठक्कर दिने टिपरको एकिन नखुले पनि एक संकास्पद टिपरलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञावलीले बताए ।

८ भाद्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको