१० वर्षअघि पुलको शिलान्यास, १० वर्षपछि मन्त्रि पुनद्वारा उद्घाटन

राेल्पामा भ्युटावरको शिलन्यास


भदौ ०८, रोल्पा । १० वर्ष अघि मन्त्रि बर्षमान पुन ‘अनन्त’ले शिलान्यास गरेको माडी पुल अहिले सम्पन्न भएको छ । वर्तमान उर्जामन्त्री पुनले शनिबार १० बर्षपछी उक्त पुलको समुद्घाटन गरेका छन् ।

पुल उद्घाटनका लागि ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर, पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेश नेपालका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेपन्द्र कुमार पुनमगर लगायत स्थानीय सहितको उपस्थिति रहेको थियो ।

मन्त्री पुनले रिबन काटेर माडी पुलको उद्घाटन गरेका थिए । निर्माण कार्यमा निकै लामो समय लिएको माडी पुललाई स्थानीय नेता बर्षमान पुनले आफु अर्थमन्त्री हुँदा योजनामा पारेका थिए । पुल निर्माण कार्यमा ढिलाई भएपनि सम्पन्न भएकोमा स्थानीयले खुसि व्यक्त गरेका छन् !

रोल्पाली नेताहरुको नसा नाडी छाम्ने पुल

रोल्पाका परिवर्तनकामी नेताहरुको नसा नाडी छामेको माडी पुल १० वर्ष पछि सम्पन्न भएको छ । देश परिवर्तनको मुद्दा बोकेर युद्दको उद्गम भएको रोल्पा बिरोधिहरुका लागि यो पुल निकै हांसी मजाक बन्यो । बिपक्षीहरु अलपत्र परेको पुललाई इशु बनाएर रोल्पाली नेताहरु माथि आलोचनाका तिरहरु बर्षिए । उक्त पुल निर्माण हुन्, एकदशक युद्दको समय खर्चिनु पर्यो । फलस्वरूप एकथरी मानिसहरुलाई अलपत्र परेको माडी पुल बिरोधका लागि गतिलो मसला नै बन्यो ।

गतिशील बिकाशको एजेन्डा बोकेको रोल्पाले माडी पुल निर्माणमा कछुवाको चाल देखाउदा सबै भन्दा धेरै बर्षमान पुन माथि आलोचनाहरु बर्षा भए । पुल समुद्घाटन समाहरोहमा पुनले आलोचनाका चोटहरु ब्युताउदै पुल समयमै निर्माण नहुनुमा ठकेदार दोषी भएको बताए । मन्त्रि पुनले भने ‘हामीले त बजेट दिने हो, कामगर्ने ठेकेदार हो । काम भएमा सबै सफल, नभएमा सबै असफल हुँदो रहेछौ । यो पुल त्यस्तै भयो । मैले अर्थमन्त्री हुँदै बजेट बिनियोजन गरेको थिए तर बिडम्बना निर्माण हुन १० वर्ष लाग्यो ।’

ढिलै भएपनि पुल निर्माण भएकोमा स्थानीय तथा शुभचिन्तकहरुले सामाजिक संजालमा खुसि व्यक्त गरेका छन् ।

राेल्पामा भ्युटावरको शिलन्यास

रोल्पा नगरपालिका -३ सातदोबाटोमा निमार्ण हुने भ्युटावरको शिलान्यास भएको छ । उर्जा, जलस्राेत तथा सिचाइ मन्त्री पुनले उक्त भ्युटावरको शिलन्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रदेश समा सदस्य दिपेन्द्र पुन, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ति, नेपाली काँग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगाएत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

नगर प्रमुख पुर्ण केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सावित्रा पुन थापाले गरेका थिए ।

भ्युटावरलाई नेपालकै सबै भन्दा अग्लो टावरको रुपमा दाबि गरिएको छ । उक्त भ्युटावर प्रयटन प्रवर्दनका लागि उपयोगी हुने ठानिएको छ

८ भाद्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको