सल्यानमा आगलागीबाट फेरी एउटा घर जलेर खरानी


इन्द्र बुढाथोकी/जेठ ११, सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न ४ काफलपानीका खुसिराम बादीको घर आगलागीबाट जलेर खरानी भएको छ ।

घरमा रहेका खाद्यान्न, लत्ताकपडा र भाडाकुडासमेत जलेर खरानी भएका छन । आगलागीबाट ६ कठ्ठा चामल, ४ कठ्ठा धान, ५ कठ्ठा कोदो, १ कठ्ठा गहु, २ सेट सोलारको पाता, चार्जर लगाएको १ सेट टचिङ्ग मोबाइल जलेर खरानी भएको पीडित बादीले बताएका छन ।

उनका अनुसार शुक्रबार साझ ३/४ बजे तिरको समयमा गाउँ नजिकैको राष्ट्रिय वनमा आगो लागिरहेको थियो, आगो घर नजिक आएपछि उनि आगो निभाउन गएको बेला अत्याधिक हावा हुरी लागेको कारण खरले छाएको घरमा आगलागी भएको हो ।

गाउँ नजिकैको पसलबाट १ कठ्ठा चामल ल्याएर ५ जनाको परिवारले खाना खाएको पिडित बादीको भनाइ छ ।

११ जेष्ठ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको