लेनिन बिष्टले युरोपियन युनियन मुख्यालयमा ज्ञापनपत्र बुझाए [पत्र सहित]


जेठ ११, काठमाण्डौ । बाल सेनाको मुद्दा बोकेर युरोप भ्रमणमा रहेका बाल लडाकु लेनिन बिष्टले युरोपीयन युनियनको मुख्यालयमा ज्ञापनपत्र बुझाएका छन् । बेल्जियमको राजधानी ब्रसेल्स स्थित कार्यालयमा सुक्रबार ज्ञापनपत्र बुझाएको बिष्टले बताए ।

युरोपीयन युनियनको मुख्यालयमा बुझाईएको ज्ञापनपत्रमा बिगतको १० बर्षे माओवादी शसस्त्र युद्धमा बालबालिकालाई प्रयोग, शान्तिकालमा अयोग्य बनाउदै बेवास्ता र बाल सेनाको हालको अबस्था, सरकार र बाल सेना बीच भएका सम्झौतालाई कार्यन्वयनमा सरकारले देखाएको उदासिनता बिषयहरु ज्ञापनपत्रमा समेटिएको बिष्टले बताए ।

नेकपा माओवादी नेतृत्वमा भएको दश वर्षे सशस्त्र युद्धका बाल सैनिक लेनीन बिष्टले नेपालको तत्कालिन द्वन्द्व बारे प्रस्ट्याउने कार्य समेत गरेका थिए । साथै युरोपियन युनियनबाट नेपालका बाल सेनाले गरेको अपेक्षा सहितको आफ्नो धारणा पनि राखेको बताए ।

ज्ञापनपत्र बुझाएपछि अन्तरराष्ट्रिय स्तरबाट बाल सैनिकको ब्यबस्थापनको लागि कुटनैतिक दवाब सिर्जना हुने अपेक्षा समेत व्यक्त गरे ।

लेनीन करिब दुई महिनादेखि विभिन्न युरोपेली मुलुकमा गएर नेपालको तत्कालीन द्वन्द्वका कारण आफूहरुलाई परेको पीडाका बारेमा न्यायको खोजीमा रहेका छन् । उनलाई नेदरल्याण्ड्स सरकारले नै भ्रमणको चाँजोपाँजो मिलाइदिएको बिष्ट स्वयमले बताउदै आएका छन् ।

हेर्नुहोस ज्ञापनपत्रको पूर्ण पाठ यस्तो छ:

११ जेष्ठ २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको