एयर इन्डियाको विमानमा आगलागी [भिडियोसहित]


बैशाख १२, काठमाडौँ । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको छ ।

उक्त दुर्घटना दिल्ली विमानस्थलमा भएको हो । विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको बताइएको छ । आगोलाई तत्काल नियन्त्रण गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बिमान मर्मतका क्रममा विमानमा आगोको झिल्का देखा परेको थियो । आगलागी विस्तारै सुरु हुँदैगर्दा अग्नी नियन्त्रकले पानी हालेर आगो निभाएपछि विमान आगजनी हुनबाट जोगिएको बताइएको छ ।

बिहिबार एयर इन्डियाले विमानमा आगलागी भएको भिडियो सार्वजनिक पनि गरेको छ । जसमा आगो निभाइरहेको देख्न सकिन्छ ।

एयर इन्डियाले इन्धन लिक हुने समस्या बाहेक विमानमा अन्य क्षति नभएको जानकारी दिएको छ ।

१२ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको