आज युएई, कतार, मलेसिया, साउदी लगायतका विदेशी पैसाको मूल्य बढ्यो [सुचिसहित]


बैशाख १२, काठमाडौँ । विहिबार कोरियन वनबाहेक अरु सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । बुधबार खरिददर २९ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७९ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २७ रुपैयाँ ०६ पैसा थियो ।

यस्तै बिहीबार कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो बुधबार कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ २५ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९७ रुपैयाँ ३१ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९६ रुपैयाँ २५ पैसा थियो ।

यस्तै, आज कोरियन वनको मूल्य भने केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको थियो ।

हेर्नुहोस  यस्तो छ आजको बिदेशी पैसाको मूल्य 

१२ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको