आफ्नै श्रीमतीलाई बलात्कार गरेको कसुरमा एक युवालाई ३ वर्ष जेल सजाय


चैत ११, उदयपुर । उदयपुरका एक युवालाई आफ्नै पत्निलाई बलात्कार गरेको कसुरमा अदालतले ३ बर्ष जेल सजायको फैसला सुनाएको छ ।

उदयपुर जिल्ला अदालतले पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा ३ वर्ष कैद सजायको फैसला सुनाएको हो । ३८ वर्षीया पत्नीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गर्दै जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षीय एकजनालाई कैद सजाय सुनाएको हो ।

मुलुकी ऐन जवरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए वमोजिम ३ वर्ष कैद सुनाइएको हो ।

ती महिलाले शारिरीक अवस्था कमजोर रहँदा समेत ०७५ साउन २१ गते श्रीमानले इच्छाविपरित वलजफ्ती पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुव्र्यवहार गरेको भन्दै गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

लगत्तै भदौ ५ गते प्रहरीले आरोपित युवालाई पक्राउ गरेको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुबैलाई भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।

बैवाहि बलात्कारको मुद्धामा अदालतको सम्भवत यो नै पहिलो फैसला हो ।नयाँ संविधानले वैवाहिक बलात्कार भएमा ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको छ । अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।

११ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको